स्याङ्जाको बिकासमा सांसद मल्लको सक्रियता, एक्लो प्रयासले ४२ करोड विनियोजन

स्याङ्जा/कुमार बाबु हितंगा । स्याङ्जा नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ (ख) बाट बिजयी प्रदेश साँसद भागबत प्रकाश मल्लको पहलमा ४२ करोड रकम विनियोजन भएको छ ।

मल्ल सांसदको सक्रियतामा दुई पालिका दुई जिल्ला जोड्ने प्रदेश स्तरिय कार्यक्रमबाट चापाकोट नगरपालिकाको दामाचौर हिलामराङ्ग खासा भन्ज्याँङ्ग घुर्पाल हुँदै हरिनाशको दग्दी चित्रे हुँदै तनहुँ जोड्ने सडकका लागि ४२ करोड बिनियोजन गरेका हुन् ।

Advertisement

यस सडकका लागि टेन्डर आब्हान भईसकेको र सुरुमा ११ किलोमिटर पिच गरिने र त्यस पछि पुन बजेट बिनियोजन गरिने साँसद मल्लले जानकरी दिए । उक्त सडक निर्माण हुना साथ पिछडिएको बस्ती चापाकोटको हिलामराङ्ग खासा भन्ज्याँङ्ग घुर्पाल हरिनाशको गैर्हाखोला दग्दी बेल्टका जनता प्रत्यक्ष लाभान्वित हुने छन ।

उनले भने,‘दुई जिल्ला स्याङ्जा र तँनहुको सडकको बिकासमा यो योजना कोशेढुङ्गा सावित हुनेछ । वालिङ पोखरा हुँदै काठमाडौ सम्म पुग्नु पर्ने बाध्यता अन्त्य हुनेछ ।’ तनहुँको भिमाद हुँदै छोटो दुरिमा काठमाडौ पुगिने र भाडा पनि निकै कम पर्ने स्थानीयहरु बताउँछन् ।

More News last news
Loading...