अवैध लागूऔषध सहित काठमाडौं र सर्लाहीबाट ३ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका-१ सानो गौचरण बस्ने ३५ वर्षीय सुरज ढकाललाई लागुऔषधसहित पक्राउ गरेको छ।

लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९५.३९ ग्राम, तौल गर्ने मेशिन १ थान, लागूऔषधको कालो धुलो ५ ग्राम, नगद ४५ हजार रुपैयाँ र मोबाइल २ थानसहित उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।

Advertisement

उनले लागूऔषध बिक्री बितरण गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले ढकालको कोठा खानतलासी गर्दा उक्त लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै सर्लाही, पर्सा गाउँपालिका-३ नारायणपुरबाट सोही गाउँपालिका-२ संग्रामपुर टोल बस्ने २२ वर्षीय उमेश चन्द्र राय र १९ वर्षीय राहुल राय यावदलाई अवैध लागूऔषध गाँजा करिब २ केजी सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० इ १७१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बोरामा बेरेर राखेको उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

More News last news
Loading...