बच्चा जन्माएर झाडीमा फाल्ने यी आमा, घरबेटी र बहिनीले गरे पर्दाफास (भिडियो)

काठमाडौँ । सोमबार दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर नजिकैको बाँसघारीमा नवजात शिशु फेला पर्यो। बाँसघारीमा बच्चा रुनसम्म सकेको थिएन।

गाउँलेहरु एकछिनमै जम्मा भए, बच्चाको आमा खोज्नु भन्दा पनि आमालाई तथानाम गालि गरे। केही समयमा प्रहरी गयो । सोधपुछ गरेपछि शिशुको आमा पत्ता लगायो।

Advertisement

बच्चा जन्माउने बित्तिकै त्यसरी बाँसघारिमा फाल्ने महिला थिईन् उदयपुर घर भई हाल पोखरा बस्दै आएकी अञ्जु भनिने सीमा मगर। प्रहरीले सोधपुछ गर्न थालेपछि उनी आफैँले बच्चालाई त्यसरी फालेको स्वीकार गरिन्।

सीमा लिदशोभाको घरमा बिगत एक बर्षदेखी भाडामा बस्दै आएकी थिईन्। तीन छोरा छोरीकी सीमाको श्रीमान्ले अर्की ल्याएपछि दाजु भाउजुको साहारामा बस्दै आएकी थिईन्। उनको छुट्टै कोठा, अलगै भान्छा थियो। मजदुरी गर्ने उनी केही महिनादेखि बिरामी भएको भन्दै काम समेत गर्न गईनन्। साउन महिनामा एक जना युवक उनको कोठामा आए। उनकी भदैनी सर्मिला मगरका अनुसार त्यी युवक दिदीको साथी भन्दै दिदीकै कोठामा बसे।

घटना पछि बच्चाको बाबु भनिएका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ भने बच्चाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

घटनाका बारेमा थप जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...