अनैतिक क्रियाकलापमा संलग्न १५१ जना महिला-पुरुष काठमाडौंका विभिन्न स्थानबाट पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा पुरुष र महिला गरी १ सय ५१ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

समाजमा विकृति फैलनेगरी अनैतिक क्रियाकलाप भइरहेको भन्ने सूचना पाएपछि खटिएको प्रहरीले काठमाडौंका गोंगबु, रत्नपार्क, रणोदीप चोक लगायतका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Advertisement

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...