ओखलढुङगा । लिखु गाउँपालिका-३ बस्ने १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा सोही स्थान बस्ने ५५ वर्षीय बिष्णु कुमार श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
ती किशोरीलाई गत चैत ७ गते जबरजस्ती बलात्कार गरी फरार भएका श्रेष्ठलाई खोजी गर्ने क्रममा मानेभञ्ज्याङ गाउँपालिका-७ मा फेला पारी प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
