काठमाडौँका विभिन्न स्थानमा जुवाको खालबाट २३ जना पक्राउ

काठमाडौँ । प्रहरीले छुटाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ८१ हजार ३५ रूपैयाँ र १० बुक तास सहित २३ जना पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग गोगंबुले जुवातास खेलिरहेको अवस्थामा नगद ७१ हजार ५ सय ५५ रूपैयाँ सहित ९ जनालाई पक्राउ गरेको छ।

प्रहरीले यही बैशाख ३० गते १६:०० बजे काठमाण्डौ महानगरपालिका-२६ मित्रनगरबाट सुनसरी उपमहानगरपालिका-२३ घर भएका वर्ष ३४ को हरि लिम्बुले संचालन गरेको हार्मोनियम गेष्ट हाउसमा जुवा तास खेलीरहेको अवस्थामा गेष्ट हाउस संचालक हरि लिम्बु सहित ६ जना पुरुष र ३ जना महिला सहित ९ जना पक्राउ गरेको छ। उनीहरूको साथबाट नगद रु ७१ हजार ५ सय ५५ रूपैयाँ र ४ बुक तास बरामद गरेको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ।

Advertisement

साथै महानगरीय प्रहरी वृत स्वयम्भूले जुवातास खेलिरहेको अवस्थामा ८५ हजार ६ सय रूपैयाँ सहित ८ जनालाई पक्राउ गरेको छ। प्रहरीले यही बैशाख ३० गते १८:०० बजे काठमाण्डौ नागर्जुन नगरपालिका-२ गैरीगाँउमा सिंह बहादुर तामाङले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घर संचालक सिंह बहादुर तामाङ सहित ८ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३ बुक तास र ८५ हजार ६ सय रूपैयाँ बरामद गरेको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ।

यसैगरी महानगरीय प्रहरी वृत बालाजुले जुवातास खेलिरहेको अवस्थामा २३ हजार ८ सय ८० रूपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले यही बैशाख ३० गते १८:०० वजे काठमाण्डौ १६ बालाजु बसन्तनगरमा लमजुङ घर भएका वर्ष ५७ की देउ कुमारी गुरुङले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घर संचालक देउ कुमारी गुरुङ सहित ६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३ बुक तास, नगद २३ हजार ८ सय ८० रूपैयाँ बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ।

More News last news
Loading...