स्याङ्जा । स्याङ्जा पुतलीबजार नगरपालिकाको एक विद्यालयमा स्वचालित सेनेटरी प्याड पाइने मेशिन सञ्चालनमा ल्याएको छ ।
स्याङ्जाको सदमुकाममा रहेको श्री त्रिभुवन आर्दश नमुना मा.विमा स्वचालित सेनेटरी प्याड पाइने मेशिनको शुभारम्भ गर्दै पुतलीबजार नगर प्रमुख सिमा कुमारी क्षेत्रीले छात्रा विद्यार्थीको महिनावारी हुदा पठनपाठनमा हुने समस्यालाई रोक्न नगरपालिकाले यस्ता मेसिनहरु सञ्चालन गरेको जानकारी दिईन् ।
नगरपालिकाले पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना दोश्रो चरणको सहकार्यमा महिनावारी स्वच्छता व्यवस्थापन अन्र्तगत ल्याएको कार्यक्रम पहिलो चरणमा त्रिभुवन आदर्श मा.वि. वाट महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम शुरु गरेको हो ।
स्वचालित सेनेटरी प्याड मेशिन वाट स्मार्ट कार्ड प्रयोग गरि सेनेटरी प्याड लिन सकिन्छ । एटीएम कार्ड जस्तै स्मार्ट कार्ड मेसिनमा छिराएर आवस्यक संख्या थिचे पछि मेसिनवाट प्याड बाहिर आउने र प्याडको रकम छात्राले तिर्नु नपर्ने कुरा नगर प्रमुख सिमा क्षेत्रीले बताइन ।
स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका बेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्ने हुन्छ । धेरैले नियमित पढाइ नै छुटाउँछन् । यहाँसम्म कि ४र५ दिन घरमै बस्नुपर्ने अवस्था समेत आउने गरेको छात्राहरुले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
