गण्डकी विकास बैंकले तेस्रो त्रैमाससम्ममा ३९ करोड बढी नाफा कमायो

पोखरा । गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड ३ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्षको यसै अवधिको तुलनामा नाफा १४ दशमलव ६६ प्रतिशतले बढी हो। गत वर्ष बैंकले ३४ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

Advertisement

खुद ब्याज आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २१ दशमलव ८९ प्रतिशतले बढेर ८५ करोड ९७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । बैंकले गत वर्ष यसै अवधिमा ७० करोड ५३ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकले चैत मसान्तसम्म २७ अर्ब ४८ करोड ९२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब १९ करोड १८ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिसेयर आम्दानी ७६ पैसाले घटेर १८ रुपैयाँ ९३ पैसा पुगेको छ। गत वर्ष यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ सय ५६ रुपैयाँ ६३ पैसा रहेको थियो। यस अवधिमा प्रतिसेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ४ पैसा रहेको छ।

More News last news
Loading...