मर्यादित महिनावारी, सबैको जिम्मेवारी बिषयक कार्यक्रम सम्पन्न

बागलुङ । मर्यादित महिनावारी, सबैको जिम्मेवारी बिषयमा पहिलो पटक जिल्ला स्तरीय सरोकारवालाहरु र नागरीक समाजबीच संवाद कार्यक्रम सम्पन्न भएको छ।

सत्कर्म नेपाल बागलुङको आयोजना आमा मिलन केन्द्र र महिला मानव अधिकार रक्षक संजालको सहकार्यमा सम्पन्न कार्यक्रममा बोल्दै सत्कर्म नेपालका प्रमुख सल्लाहकार एवं विज्ञ अभियान्ता राधा पौडेलले महिनावारी भनेको छुट्टिनु भएकोले यसको असरले महिला र मानव मर्यादा पुर्वक जीउने अधिकार बाट बंचित रहेको बताईन।

Advertisement

उनले महिनावारीको रगत बिटुलो र अपबित्र नहुनेबारे बिस्तृत बताउदै यहि गलत मान्यता रहेको सानैबाट महिला सर्ने र पापि अधर्मि भएको महशुस हुने बताईन।

मर्यादित जीवनयापनको लागि संबिधानको मौलिक हक र कानुनले अधिकार दिएकोले मर्यादित भएर जिउन अघि बड्नु पर्ने र उनले मर्यादित जिवनमा सबैको जिम्मेवारी बनाउन स्वास्थ्य, शिक्षा,वातावरण,लगायतमा मर्यादित महिनावारी मैत्रि हुनु पर्ने बारे व्याख्या गरिन। महिलाले प्रयोग गर्ने प्याडहरुको प्रशिक्षण दिँदै आफुँले अर्गानिक प्याड बनाएकोले आजको आयोजक संस्थाहरु संग समन्वय गरि जैविक औषधिका साथ प्याड उपलब्ध हुने बताईन।

कार्यक्रममा राजनैतिक प्रतिनिधि, कानुन ब्याबसायि, नागरिक समाज, शिक्षक, बुद्विजिबि, महिला मानब अधिकार रक्षक, महिला अभियान्ता, प्रहरी, कर्मचारी सामाजिक अभियान्ता र स्थानिय महिलाहरुको समेत सहभागिता रहेको थियो। सहजिकरण गर्दै बिज्ञ अभियान्ता राधा पौडेलले महिनावारीको समस्या, मर्यादित महिनावारी र मानव अधिकार, महिनावारी र हिंसा, कानुनि प्राबधान, समाधानको बिकल्पहरु र सबै सरोकारवालाले खेल्नुपर्ने भुमिका बारे उल्लेख गरिन।

कार्यक्रममा बोल्दै अभियान्ता सीताराम थापाले जाति, लिंङ्ग, धर्म र संस्कृतिले ६० वटा भन्दा बढि छुट्टिनु नपर्ने भए पनि छुट्टिनु पर्ने गलत संस्कार रहेकोले निरन्तर अभियान गर्ने बताए।

कार्यक्रममा नागरिक समाजका संयोजक अधिबक्ता काजिगाउले श्रेष्ठ, उच्च अदालत बारका अध्यक्ष अधिबक्ता हरी शर्मा, महिला राजनितिज्ञ सकुन्तला शर्मा, मञ्जु क्षेत्री, महिला मानव अधिकारकर्मि गुमा छन्त्याल लगायतले जिज्ञासा सहित आफ्नो बिचार राख्नु भएको थियो।

सत्कर्म नेपालका अध्यक्ष सीताराम थापाको अध्यक्षता, महिला मानव अधिकार रक्षक संजाल एवं आमा मिलन केन्द्रकी ज्ञानु थापा मगरले संचालन गरेकी थिईन।

More News last news
Loading...