पोखरा । पोखरा महानगरपालिका-१६ अर्मला डिहिगाउँमा आफ्नै भाइले दाइलाई ढुङ्गाले हिर्काएर घाइते बनाएका छन्।
शनिबार २८ बर्षीय राजु बिकलाई आफ्नै भाइ १८ बर्षीय अर्जुन बिकले ढुङ्गाले हिर्काएर घाइते बनाएका हुन्।
घरायसी विवादका कारण अर्जुनले ढुङ्गाले हिर्काउँदा राजुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाईएको छ। घटनाको थप अनुसन्धान भईरेहको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
