पोखरा । पोखरा महानगरपालिकाको चाउथेमा एउटै दिशाबाट आएको मिक्स्चर (ट्रक) र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार राती करिब ११ बजे पछाडिबाट आएको ग १५ प २५८६ नम्बरको स्कुटरले ग १ क २६६६ नम्बरको मिक्चरलाई ठक्कर दिँदा बेगनासतालका २५ बर्षिय अजय भट्टराईको मृत्यु भएको हो।
दु्र्घटनामा परी घाइते भएका स्कुटर चालक भट्टराईको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालान मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल थप अनुसन्धानका लागि प्रहरीले स्कुटर र मिक्स्चरसहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
