धनुषा । रौतहटमा घर भत्किँदा ४ महिने बालकको ज्यान गएको छ भने बाबु आमाको ज्यान गएको छ।
राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार भत्किएको हो। घर भत्किँदा पुरिएर रामलोचनका ४ महिने छोरा सन्तलाल रामको ज्यान गएको छ। रामलोचन र उनकी श्रीमती मरछियादेवी घाइते भएको छ।
बिहीबार राति झण्डै ११ बजेर २० मिनेटमा घर भत्किँदा पुरिएर घाइते भएका तीनै जनाको गौर अस्पताल उपचार भईरहेको थियो । उपचारकै क्रममा बालकको ज्यान गएको हो भने बाबुआमाको उपचार भईरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
