बेनी । म्याग्दीको बेनी नगरपालिका ९ जम्रेनीमा बुधबार बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्।
बेनीदेखि तोरीपानी जाँदै गरेको ना ५ ख ५७२४ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनाका सबै घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थल पुगेका ट्राफिक प्रहरीका अनुसार साँधुरो सडकबाट बस पल्टिएको हो। घाइतेमध्ये बेनी-९ का ५८ वर्षीया रुद्रबहादुर चोखालको अवस्था गम्भीर छ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धार भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
