पोखरामा बाघको आक्रमणबाट दुई जना घाइते

 

पोखरा । पोखरामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । लेखनाथ शिशुवामा आज बिहान करिब १० बजे बाघको आक्रमणबाट दुई जना घाइते भएका हुन्।

बाघको आक्रमणबाट सुनसरी घर भई हाल पोखराको शिशुवामा बस्ने ४५ बर्षीय टिकाबहादुर लिम्बु र लेखनाथकी ५५ बर्षीया राधिका आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Advertisement

मानिसलाई आक्रमण गर्ने बाघको खोजि भईरहेको जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

More News last news
Loading...