झगडा हुँदा श्रीमतीको हत्या, अपराध लुकाउन नसकेपछि आफन्तलाई खबर

झगडा हुँदा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। वैशाख २१ गते राती श्रीमतीको हत्या गरेपनि अभियुक्तले २४ घण्टासम्म घटना गुपचुप राखेका थिए।

भोजपु्र याङपाङ माइती भई भुम्लु गाउँपालिका ६ काभ्रेमा विवाह गरेकी २३ वर्षीय निर्मला नेपालको हत्या उनकै श्रीमान् पुष्कर भन्ने राजकुमार पहरीले गरेका हुन् ।

Advertisement

वैशाख २१ गते साँझ काठमााडौंको बागबजारस्थित डेरामा झगडा हुँदा राजकुमार पहरीले कपालमा समातेर पलङमा लडाइदिँदा निर्मलाको मृत्यु भएको हो। वैशाख २१ गते साँझ नै निर्मलाको मृत्यु भएपनि राजकुमारले घटना गुपचुप नै राखेका थिए ।

तर आफू अपराधबाट छिप्न नसक्ने भएपछि राजकुमारले वैशाख २३ गते बिहान मात्रै निर्मलाको मृत्यु भएकोबारे आफन्तलाई जानकारी गराएका थिए ।

घटनाको जानकारी पाएलगत्तै पुगेको अपराध महाशाखाको टोलीले निर्मलाका श्रीमान राजकुमारलाई नियन्त्रणमा लिएको छ ।

More News last news
Loading...