तरुण दल स्याङ्जाको सक्रियता, पार्टीको जागरण अभियानलाई शशक्त बनाउन यस्तो योजना

स्याङ्जा । नेपाल तरुण दल स्याङ्जाले यही वैशाख २५ गतेदेखि संचालित देशब्यापी नेपाली कांग्रेसको जागरण अभियानलाई सार्थक एवं सफलतापूर्वक सम्पन्न गराउन सबै तरुण नेताहरु सक्रिय रुपमा लाग्ने प्रतिवद्धता जनाएको छ ।

तरुण दल स्याङ्जाद्धारा शनिवार बयरघारीमा आयोजित जागरण अभियान सफल बनाउन तरुणहरुको भूमिका बिषयक अन्र्तक्रिया तथा नियमित बैठक कार्यक्रमका तरुण दल स्याङ्जाका अध्यक्ष एवं प्रदेश सदस्य भागवतप्रकाश मल्लले अभियानलाई सफल बनाउन तरुण युवाहरु गाउँ गाउँ पुग्नु पर्नेमा जोड दिएका हुन् । साथै उनले वर्तमान अवस्थाका बारेमा स्थानीयबासीलाई जानकारी गराउन र नेपाली कांग्रेसको जागरण अभियानका बारेमा सूसूचित गराउन तरुण युवाको भूमिका उल्लेख्य हुनुपर्ने बताए ।

Advertisement

कार्यक्रममा, तरुण दल स्याङ्जाका निर्वतमान अध्यक्ष अर्जुनप्रकाश अर्याल, पूर्व केन्द्रीय सदस्य गोबिन्द पंगेनी लगायतले तरुणको सहयोग बिना नेपाली कांग्रेसको अभियान सफल हुने बताउदै सबैलाई गोलबद्ध गरेर अघि बढ्नुपर्ने बताए ।कार्यक्रममा जिल्ला, क्षेत्रीय, नगर, गाउँ कार्यसमितिका तरुण दलका पदाधिकारी लगायत सदस्यहरुले सुझाव एवं जागरण अभियानलाई सार्थक र सफल बनाउने बारेमा आ आफना धारणा ब्यक्त गरेका थिए ।

तरुण दल स्याङ्जालाई थप प्रभावकारी बनाउनका लागि बैठकले सहसचिव रविन केसी र सदस्य कुलबहादुर गुरुङ्लाई उपाध्यक्ष पदको जिम्मेवारी तोकिएको छ भने सदस्य कौशिला पौडेललाई सहसचिवको जिम्मेवारी दिइएको तरुण दल स्याङ्जाले जनाएको छ ।

More News last news
Loading...