चीन । दूरसञ्चार अग्रणी ह्वावेई चीनको सबैभन्दा सफल एउटा विश्व स्तरको कम्पनी भइरहँदा पनि किन यसले पश्चिमा देशहरूमा आलोचना सिर्जना गरिरहेको छ?
अमेरिकाले चिनियाँ सरकारसँग उसको रहेको सुमधुर सम्बन्ध र अर्को पुस्ताको मोबाइल प्रविधि मानिएको फाइभ जीमा विश्वभर आधिपत्य जमाउने उसको योजनालाई जोडेर सो कम्पनीलाई शङ्काको घेरामा ल्याएको छ। उसले ठान्छ, यसले बेइजिङ्लाई पश्चिमा नागरिक, संस्था र सरकारहरूका सूचना संकलन गर्न सघाउनेछ।
वासिङ्टनले ह्वावेईलाई ‘राष्ट्रिय सुरक्षा खतरा’ मान्दै आफ्ना संघीय सरकारी अङ्गका बोलपत्रमा सहभागी हुन प्रतिबन्ध लगाएको छ।उसले आफ्ना साझेदारहरूलाई समेत उसको फाइभ जी मोबाइल नेटवर्क प्रयोग नगर्न दबाब दिँदै आएको छ।
वासिङ्टनले त्यसमा अटेरी गर्दै ‘अविश्वसनिय विक्रेता’को प्रयोग गर्ने देशहरूमाथि आफ्ना सूचना साझेदारीमा समेत कडाई गर्ने भन्दै तर्साएको छ।
तर के ह्वावेईमाथि लागेका आरोपहरू पुष्टि भएका छन्? उक्त कम्पनीले आफू चिनियाँ सरकारलाई सूचना बाँड्नुपर्ने दबाबमाा रहेको भन्ने आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ र अमेरिकी प्रतिबन्धलाई चुनौति दिनेगरी ऊविरुद्ध मुद्दा दायर गरेको छ।
संस्थापक रेन जेङ्फीले सीएनएनसँग कुरा गर्दै आफूहरूविरुद्धको अमेरिकी अभियान ‘आधारहीन’ रहेको बताएका छन्। “विश्वभर सबैले साइबर सुरक्षाबारे कुरा गरिरहेका छन् र उनीहरूले ह्वावेईलाई अलग गर्न खोजिरहेका छन्। त्यसो भए इरिक्सनको के छ? सिस्कोको के छ? के उनीहरूसँग साइबर सुरक्षा मुद्दा छैनन्?”- उनले भने।
यो विवादले अमेरिका र चीनबिचको व्यापारका मुद्दामा तनाव बढाएको छ। यो विवाद के हो भनेर हामीले यहाँ पाँच विभिन्न विषयलाई हेर्दैछौँ। बीबीसी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
