पोखरा । गाडी ब्याक गर्दा ठक्कर लागेर गोरखामा एक जनाको मृत्यु भएको छ । गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ बेनी गाँउमा गाडीको ठक्करले ५८ बर्षिय देवनारायण श्रेष्ठको मृत्यु भएको हो ।
बा ५ ख ११७१ नम्बरको आईसर गाडिले ठक्कर दिँदा सोही ठाउँका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
उक्त स्थानमा प्रहरी टोली खटिई सवारी साधन र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको बताईएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
