जनकपुरमा डरलाग्दो हावाहुरी, २ जनाको मृत्यु

काठमाडौं । बारा पर्सामा हावाहुरी आएर बितण्डा मच्चाएको केही समयपछि पनः आज जकपुरमा हावाहुरीले २ जनाको मृत्यु भएको छ।

शनिबार राति साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको जनाइएको छ।

Advertisement

स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो । साथै, हावाहुरीका कारण इन्जिनियरिङ वर्कशप पूर्णरुपमा नस्ट भएको छ।

जसमा लगभग १० लाख बराबरको क्षति भएको छ । हावाहुरीका कारण कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

More News last news
Loading...