काठमाडौं । बेलायती गोर्खा सैनिकमा भर्ना खुलेको छ ।
यसवर्ष ब्रिटीस गोर्खाले ४३२ जना नेपाली युवा र सिङ्गापुर पुलिसको लागि भर्ना खुला गराएको हो ।
आइतबार प्रकाशित एक सूचना अनुसार भर्तिको लागि दर्ता, ब्रिटिश गोर्खा पोखरा, ब्रिटिश गोर्खा धरानमा आगामी २७ मे देखि जुलाई ७ सम्म एकसाथ आवेदन खुल्ला गरिने जनाएको छ ।
ब्रिटिश सेनामा भर्ना हुनेको लागि कुनै शुल्क नलाग्ने र कसैले प्रलोभनमा पारेर रकम मागेमा नदिन पनि सूचनामा उल्लेख गरिएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
