रुपाको शिवालयका पूर्व विद्यार्थीको क्यालेन्डर विमोचन

पोखरा, वैशाख १३ गते । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चले नयाँ वर्ष २०७६ को क्यालेन्डर शुक्रबार सार्वजनिक गरेको छ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले क्यालेन्डर विमोचन गर्दै रुपालाई शैक्षिक दृष्टिकोणले नेपालकै उत्कृष्ट बनाउने लक्ष्यसहित आफूहरु अघि बढेको बताए।

Advertisement

स्थानीय आवश्यकताको पहिचान गरी शिक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि गाउँपालिका पछि नहट्ने भन्दै ओझाले कुनै निर्णय गर्दा हचुवामा नगरिने बताए।

‘हामीले कुनै पनि निर्णय गर्नुअघि स्थानीय र बाह्य विज्ञहरुसँग सल्लाह गरेर मात्रै अघि बढ्ने गरेका छौँ’ उनले भने, ‘गाउँपालिकाभित्रका शिक्षक/कर्मचारीको छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय पनि सम्बन्धित क्षेत्रकै विज्ञहरुका सुझाव र प्रतिबद्धताअनुसार गरेका हौँ, कसैलाई अध्यक्षले आफ्नो अनुकूल मात्र ग-यो भन्ने लागेको छ भने आजैदेखि त्यो भ्रमबाट मुक्त हुनुहोस् ।’

उनले कुनै पनि हालतमा आपूmले पनि भ्रष्टाचार नगर्ने र कसैलाई भ्रष्टाचार गर्न नदिने प्रतिबद्धतासमेत सो अवसरमा दोहा¥याए । रुपा गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा यस वर्ष मात्रै ३०० सय विद्यार्थी थपिएको जानकारी दिँदै गुणस्तरलाई समेत सोही अनुपातमा बढाइने ओझाको भनाइ थियो।

मञ्चका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीले विद्यालयलाई सकारात्मक मार्गमा डो¥याउनका लागि जोसुकैलाई स्वागत गरिने बताए।

स्थानीय सरकार र समुदायको सहयोगले प्रगतिका बाटोमा हिँडिरहेको विद्यालयलाई अब पूर्व विद्यार्थीहरुको समेत महत्वपूर्ण सहयोग प्राप्त हुने आशा उनले व्यक्त गरे । अध्यक्ष सुवेदीले मञ्चले विद्यालयको चौतर्फी हितका लागि पूर्व विद्यार्थीहरुको सहयोग जुटाउन आफू कटिबद्ध भएर लाग्ने बताए।

सोही कार्यक्रममा विद्यालयका नवआगन्तुक विद्यार्थीलाई शिक्षक अभिभावक सङ्घकी अध्यक्ष लीला ओझाले अबिर लगाएर स्वागत गरेकी थिइन्। सो अवसरमा मञ्चलाई महत्वपूर्ण सहयोग गरेको भन्दै दिवस लामिछाने, दृश्य सुवेदी र महेश्वर भण्डारीलाई गाउँपालिकाका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ, मञ्चका अध्यक्ष राजन सुवेदीलगायतले दोसल्ला, माला र सम्मानपत्रले सम्मान गरेका थिए।

उपाध्यक्ष शिवराज सुवेदीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव पोष्टराज सुवेदीले गरेका थिए ।

More News last news
Loading...