काठमाडौं । धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार दिउँसो तेस्रो परकम्प गएको छ ।
बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बुधबार बिहान मात्र ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको गरी ११ मिनेटभित्र दुईवटा परकम्प गएका थिए । परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको थियो ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा परकम्पहरु जाने क्रम रोकिएको छैन् । एकै दिनमा २ वटा परकम्प गएपछि त्यस स्थानका स्थानीहरु त्रसित बनेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
