पोखरा । लेखनाथको बुढीबजारमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
मंगलबार बेलुका करिब ८ बजे पोखराबाट दमौली जाँदै गरेको बसको ठक्करले गम्भीर घाइते भएका सोही स्थानका टिकाराम तिमिल्सिनाको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय डांडाकोनाकले जनाएको छ।
ग ६ प ३०२९ नम्बरको बाइकमा सवार पोखरा २७ खरानेका तिमिल्सिनाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
