पोखरा । पोखराको लेकसाइडमा एक पर्यटक महिला नाङ्गै हिँडेपछि देख्नेहरु लज्जित बने । सडकमै यसरी नग्न अवस्थामा महिला हिँडेपछि कोहि अचम्म मान्दै हिँडे, कोहि लज्जित हुँदै शिर निहुराउन बाध्य भए ।यो घटना र सोमबार दिऊँसो ४ बजेतिरको हो।
उनको टाउकोमा टोपी बाहेक कतै बस्त्र थिएन । स्थानीयले पर्यटकलाई नाङ्गै हिँडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्यटक प्रहरीले ति महिला पर्यटकलाई पक्राउ गरेको छ।
ति महिला पर्यटकलाई अहिले कपडा लगाईदिएर राखेको प्रहरीले जानकरी दिएको छ। कुन देशकी हुन्, नाम के हो, किन नाङ्गै हिँडिन् भन्नेबारेमा केही पनि नबोलेको प्रहरीको भनाई छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
