पोखरा । बागलुङको ताराखोला गाउँपालिकाको माँझखर्क बाट लेखानीतर्फ आउँदै गरेको जन्ती चढेको बस आज काठेखोला गाउँपालिका–५ घोडाबाँधेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
ध १ ख ४६८ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि धौलागिरि अञ्चल अस्पताल ल्याइएको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए। बस सडकबाट चिप्लिएर खसेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
