‘स्याङ्जाली जनताको सारथी नेता थापा’ 

स्याङ्जा । नेपाली काँग्रेसका युवा नेता तथा संविधान सभा सदस्य राजु थापाले आफु हरेक जनताको सारथी भएको दाबी गरेका छन् ।

श्री सिर्जनशिल युवा क्लवले आयोजना गरेको आठौ कुटुम्सा सांस्कृतिक मेलाको उद्घाट्न गर्दै निर्वाचनको बेला गरेका प्रतिवद्ता पुरा गर्ने बताउदै थापाले चुनाव हार जीत आफ्नो ठाउँमा भएपनि  जनताको दुःख सुखमा आफूले सदैव साथ दिने बताए ।

Advertisement

कार्यक्रममा बोल्दै नेता थापाले अरु धेरै राजनीतिका कुरा भन्दा पनि स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकारमा विकासका निम्ति समन्वय र खवरदारी गर्दै जनताको सुख दुःखमा नेपाली काँग्रेस पाटीले साथ दिने जिकिर गरे ।

कार्यक्रममा नपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि गुरु प्रसाद भट्टराई, नेता देव कुमार मान्नधर, भरत लम्साल, चन्द्रमणि पौडेल, तरुण नेता विश्वास पुरी लगाए स्थानीय नेताको उपस्थिती  थियो ।

More News last news
Loading...