बसुन्धराका २० स्थानमा सिसिटिभी जडान

 

काठमाडौँ । उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत बनाउन बसुन्धराका २० स्थानमा सिसिटिभी जडान गरिएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र सङ्गम क्लब बसुन्धराको आयोजनामा बसुन्धराभित्र रहेका सङ्गम टोलमा सिसिटीभी जडान गरिएको हो।

Advertisement

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले उपत्यकाको शान्ति सुरक्षालाई बलियो बनाउन सिसिटिभी जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

परिसर प्रमुख लामाले प्रहरीले अगाडि सारेको समुदा – प्रहरी साझेदारीलाई अगाडि लैजान सिसिटिभी जडानले सहयोग पुगेको भन्दै आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताए।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले बसुन्धरा क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सङ्गम क्लबले ठूलो सहयोग पु-याएको बताउँदै आगामी दिनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

क्लबका अध्यक्ष हिक्मत शेरचनले शान्तिपूर्ण समाज निर्माणका लागि क्लबले सिसिटिभी जडान गरेको जानकारी दिए।

रु १३ लाख लगानीमा जडान गरिएको सिसिटिभीको महानगरीय प्रहरी प्रभाग तिलिङ्गाटारमा कन्ट्रोल कक्ष राखिएको छ। सिसिटिभी निर्माणका लागि वृत्त महाराजगञ्जले रु एक लाख ५० हजार आर्थिक सहयोग गरेको थियो।

कार्यक्रममा सो क्षेत्रबाट गत वर्षको एइई परीक्षामा सर्वोकृष्ट अङ्क ल्याई पास गर्ने छात्रछात्रा तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

More News last news
Loading...