धनुषामा १३ वर्षीया बालिकाको अपहरण

धनुषा । धनुषामा १३ वर्षीया बालिका अपहरणमा परेकी छिन् । धनुषाको धनुषाधाम नगरपालिका – ७ किसानपुर बस्ने बालिका बबि कुमारी महतो अपहरणमा परेकी हुन् ।

मंगलबार साँझ घरबाट निस्केकी बेला उनलाई अपहरण गरेको भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा उनकी दिदी रविब कुमारी महतोले उजुरी दिएकी छन् ।

Advertisement

बालिकाका बुबा श्याम महतो वैदेशिक रोजगारीमा छन् । गाउँमै पसल खोलेको र रकम लेनदेनमा स्थानीय रजक अन्सारी र उनका भाई मुस्ताक अन्सारीसँग विवाद भएकाले उनीहहले नै अपहरण गरेको आशंका दिदी बबिले गरेकी छन् ।

दिदी बबिले जिल्ला प्रहरी कार्यालय धनुषामा बहिनीको अपहरण भएको भनेर खोजबिनका लागि जानकारी गराएकी छन् ।

More News last news
Loading...