काठमाडौँ । वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि पत्रकारितामा क्रियाशिल श्रेष्ठको काठमाडौँको नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले दिउँसो १ बजेदेखि ३ बजेसम्म भूगोलपार्कमा राखिने र आज नै हिन्दू परम्परा अनुसार पशुपति आर्यघाटमा अन्तेष्ठी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
नेपाल समाचारपत्र दैनिकको प्रधान सम्पादक समेत रहेका श्रेष्ठ अहिले पनि विभिन्न पत्रपत्रिकाहरुमा आबद्ध रहँदै आएका थिए भने उनका केहि पुस्तकहरु समेत प्रकाशित छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
