गाईघाट । उदयपुर रौतामाई गाउँपालिका-४ स्थित जितेनीको पाखामा सोमबार बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अवस्था गम्भीर रहेको छ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका-१० बोक्सेका ४५ वर्षीय कमलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। यसैगरी दुर्घटनामा परी घाइतेहुनेमा रौतामाई-४ का गाडी चालक ३५ वर्षीय रत्न राई, सोही स्थानका ४६ वर्षीय भक्तबहादुर सार्की र ४० वर्षीया निर्मला राई रहेको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो।
घाईतेहरुको उद्धार कार्य जारी रहेको पनि उहाँले बताउनुभयो। रौतामाई गाउँपालिकाको सल्ले बजारबाट सुन्तला बोकेर आउँदै गरेको स१च १२२८ नंको उक्त बलेरो जिप जितेनी पाखाको भिरमा अनियन्त्रित भई सडकबाट तीनसय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
