मोरङ । प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैया चिहान घारीस्थित बाँसको झ्याङबाट १ थान पेस्तोलसहित २ राउन्ड गोली बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय रानी र प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले मेड ईन यूएसए लेखेको पेस्तोल र गोली बरामद गरेको हो।
प्रहरीले बासको झाङमा बट्टाभित्र कालो प्लाष्टिकमा उक्त हतियार फेला पारिएको जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
