पोखरा । पोखराको औद्योगिक क्षेत्र नजिकै सडक नालीमा शव वेवारिसे शव फेला परेको छ। सेती नहरको पानीले उतारेको अवस्थामा शनिबार दिउँसो साढे २ बजेतिर नालीमा शव देखिएको थियो ।
बोरा लगायतका फोहोरले बेरिएको अवस्थामा भएकाले सुरुमा पुरुष वा महिला एकिन भएको थिएन । प्रहरी पुगेपछि शव निकाल्ने क्रममा शव महिलाको भएको पुष्टि भएको हो।
शव भेटिएको स्थान औद्योगिक क्षेत्र प्रहरी कार्यालयबाट २ सय मिटर जति तल खसीबजार एरिया साइडमा रहेको छ।

वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दिपक केसीले आधा घण्टा अगाडि सूचना आएको र अहिले टोली घटनास्थलमा रहेको जनाए। उनले अहिलेसम्म कसको शव पत्ता लाग्न नसकेको र अनुसन्धानका क्रममा रहेको बताएका छन्।
टाउकोदेखि पेटसम्मको भागमा बोरा बेरिएको खुट्टा पनि ढाकिएको भएकाले हत्या गरेर फालेको आशंका समेत प्रत्यक्षदर्शीले व्यक्त गरेको पत्रकार पोखरेलको भनाई छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
