श्रीमती हत्याको आशंकामा श्रीमान पक्राउ

भोजपुर । श्रीमतीको हत्याको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। पूर्वी पौवादुङ्मा गाउँपालिका-४ वास्तिमकी १९ वर्षीया जानुका पौडेल (थापा)को हत्या गरेको आशंकामा जिल्ला प्रहरीले उनका श्रीमान १९ वर्षीय रमेश पौडेललाई पक्राउ गरेको हो।

२ महिने बच्चाकी आमा रहेकी जानुका बुधबार बिहान आफ्नै घरको भान्सा कोठामा मृत भेटिएकी थिइन्। उनको घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशब कुमार थेवेले बताए।

Advertisement

जानुकाको हत्याको आशंकामा उनका पति रमेशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

More News last news
Loading...