पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ मा एक महिला मृत अबस्थामा फेला परेकी छिन् । बुधबार दिउँसो महानगरपालिकाकी ३७ बर्षीय सुकुमाया नेपाली शौचालयमा मृत फेला परेकी हुन्।
शौचालय गएको लामो समयसम्म पनि नफर्केपछि आफन्तहरुले शौचालयमा नै गएर हेर्दा सुकुमायाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ।
स्याङजा सडेको अबस्थामा शव फेला
पोखरा स् स्याङजाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा रहेको एउटा जंगलमा पुरुषको शव फेला परेको छ । उक्त स्थानमा सडेको अबस्थामा शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न सकेको छैन । प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
भिरबाट लडेर म्याग्दीमा एक जनाको मृत्यु
पोखरा स् म्याग्दीकोे धवलागिरी गाउँपालिका—५ खिवाङका ५१ बर्षीय जित बहादुर पुनको भिरबाट लडेर मृत्यु भएको छ।
बुधबार गाउँपालिकाको मुदी भन्ने ठाउँबाट घर फर्कने क्रममा नाउरा भिरबाट लडेर पुनको मृत्यु भएको हो । उनी भिरबाट अन्दाजी ३०० मिटर तल खसेका थिए । घटना बारे थप अनुसन्धान भईरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
