काठमाडौं । नेबिसंघ स्याङ्जाका नेता बिदुर रेग्मीको पोर्चुगलमा असामायिक निधन भएको छ।
स्याङ्जा स्थायी घर भएका रेग्मीको अप्रिल ६ तारिखका दिन पोर्चुगलको राजधानी लिस्बनमा निधन भएको हो । २०१६ देखि पोर्चुगल बस्दै आएका २९ वर्षीय रेग्मीले केही वर्षदेखि फोक्सोको समस्याको उपचार गराइरहेका थिए। तर उनको मृत्यु हृदयघातबाट भएको प्रारम्भिक रिपोर्टले देखाएको छ।
परिवारको आग्रहमा उनको शवलाई नेपाल पठाउने तयारी भइरहेको एनआरएनए पोर्चुगलले जनाएको छ। उनी नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं १ का सभापति तुलसी रेग्मीका एकमात्र छोरा समेत हुन्।
मृतक रेग्मीले लामो समयदेखि नेबिसंघ स्याङ्जाका बिभिन्न तहमा बसेर काम गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)