कसरी वित्नेछ तपाईको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

मेषः– साताको प्रारम्भ सुखद रहनेछ । अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । अवरुद्ध काम अगाडि बढ्नेछ । विगतमा रोकिएका धेरै अधुरा काम सम्पादन हुनेछन् । संकल्प पुरा गर्न सकिनेछ । व्यापर व्यवसायबाट आम्दानी बढ्नेछ । स्वास्थ्य अनुकुल रहनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । पारिवारिक समस्या समाधान भएर जानेछन् । इज्जत प्रतिष्ठा बढ्नेछ । अन्तिम एक दिन अशुभ देखिन्छ जोखिम नमोल्नु होला । पारिवारिक खर्च बढ्नेछ ।

वृषः– २५ गते अपरान्ह सम्म समय खराव देखिन्छ। अनावस्यक खर्च बढ्नेछ। काममा विभिन्न खालका समस्या आउने देखिन्छ। झुट्टा कुराले सताउनेछ। नयाँ योजना अगाडि नबढाउनु होला। मिथ्या आरोप लाग्न सक्छ । शेष साता भने उत्तम रहेकोछ। उद्योग,पराक्रम बढ्नेछ। अधुरा कार्य सम्पादन हुनेछन। हिजो असहयोग गर्ने सहयोग गर्न आउने छन् । जीवन साथीले साथ दिनेछन्। प्रयत्न गरेमा नयाँ काम हात पर्नेछ। फलदायी यात्राको योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ।

Advertisement

मिथुनः– रविबार र सोमवार आम्दानीका दृष्टिले महत्वपूर्ण रहने छन्। व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। सोमबार साँझबाट बुधबार सम्मको समय प्रतिकुल हुनसक्छ। खर्च अत्याधिक हुने देखिन्छ। व्यापार व्यवसायमा अवनति हुनेछ। अन्या दिन भने सुखद रहने छन्। रोकिएका काम अगाडि बढ्ने छन्। व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। साताको अन्तिम दिन स्वास्थ्यमा समस्या आउन सक्ने प्रवल सम्भावना देखिन्छ। आर्थिक पक्ष दूर्वल हुदा कार्य योजना अगाडि बढाउन सकिने छैन। आफन्तले धोका दिने छन्।

कर्कटः– बुधबार सम्म समयले पूर्ण साथ दिनेछ । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । अधुरा कार्य फस्र्योट हुनेछन् । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । उप्रान्त शुक्रबार सम्म समय प्रतिकुल बन्नेछ। मानसिक चिन्ता बढ्नेछ । आफ्नै कारण काममा विलम्व हुनेछ । झुट्टा आरोप लाग्न सक्छ । फजुल खर्च वृद्धिले आर्थिक संकट पर्नेछ। व्यापारमा अवनति हुनेछ । शनिबार समयमा पुन सुधार आउनेछ । कार्य क्षमता बढ्नेछ । गरेका काम सफल हुनेछन्।

सिंहः– साताको अन्तिम दिन अशुभ देखिन्छ । चोटपटक आदिको भय देखिन्छ । धेरै संघर्ष गर्नु पर्नेछ । सवैलाई आफ्नो ठानेर काम गर्दा धोका हुनेछ। खर्च बढ्नेछ । साताका अन्य दिन भने शुभ रहेका छन् । सामान्य प्रयासबाट धेरै काम बन्ने छन् । व्यापार व्यवसायबाट मनग्य धन हात लाग्नेछ । नयाँ कार्य योजना अगाडि बढ्नेछन् । यात्राको अवसर आउनेछ । सहयोगी हात भेटिने छन् । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति सुझाव सल्लाह मिल्नेछ ।

कन्याः–सोमबार अपरान्ह सम्म समयले साथ दिने छैन । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । काम काजमा विलम्ब हुनेछ । बन्न लागेका काम विग्रिने छन् । भरोसा टुट्नेछ भने विश्वास गरेकाले धोका दिने छन् । शेष साता भने उत्तम देखिन्छ । कामलाई स्थायित्व दिएर अगाडि बढ्नु होला । सहयोगी मित्रहरु भेटिने छन् । साताको मध्यतिर नयाँ रोकिएका काम फस्र्योट हुनेछन् । नयाँ काम हात पर्न सक्छ । साताको अन्तिम दिन व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। दामपत्य जीवनमा सुखानुभूति हुनेछ।

तुलाः– सोमबार अपरान्ह सम्म समय अनुकुल नै देखिन्छ । उपलब्धि पूर्ण कामहरु हुनेछन् । प्रयत्न गरेमा नयाँ काम हात लाग्नेछ। दामपत्य जीवनमा सुखानूभूति हुनेछ। विदेश यात्राको योग देखिन्छ । मुद्धमा मामिलामा विजय हात लाग्नेछ। उप्रान्त वुधवारसम्म समय प्रतिकुल बन्नेछ। अहार विहारका कारण स्वास्थ्यमा समस्या आउनेछ । लगानी अनुसारको प्रतिफल मिल्ने छैन। विभिन्न खालका समस्यसँग भिड्नु पर्नेछ। सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । विहिबारबाट समयमा विस्तारै सुधार आउनेछ। साताको अन्तिम दिन केहि काम बन्ने छन्।

वृश्चिकः– बुधबार सम्म समय सामान्य अनुकुल देखिन्छ। आइतबार साना साना काम गर्न पनि धेरै संघर्ष गर्नु पर्ला। विरोधीको बक्रदृष्टि पर्ने हुदा गोपनियता अप्नाउनु होला। काममा विवाद नगरि अगाडि बढ्नु होला। मंगलबार र बुधबार प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ। विदेश यात्राको योग देखिन्छ। व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। पारिवारिक सुख शान्ति मिल्नेछ। महत्वकाँक्षी योजना अगाडि बढ्ने छन्। शेष साता भने आफ्नो अनुकुल नरहन सक्छ। नयाँ काममा हात नहाल्नु होला। व्यापारमा घाटा एवं शारीरिक पीडा हुनेछ।

धनुः– साताका अधिकाँश दिन अनुकुल देखिन्छ । अलमलमा नपरि काम गर्नु होला । बाह्य कुरामा ध्यान नदिनु होला । आफ्ना कामलाई निरन्तरता दिनु होला। आर्थिक कारोवारमा सचेत रहनु होला । आफन्त भए पनि आन्तरिक कुरा नखोल्नु होला । शुरु र अन्त्य त्यति अनुकुल देखिदैन। मंगलवार र वुधवार बढि संघर्ष गर्नु पर्नेछ । विहिबार र शुक्रबार महत्वपूर्ण काम हुनेछन् । कार्य लगनसिलता बढ्नेछ। गरेका कामले फाइदा हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । साताको अन्तिम दिन स्वास्थ्यम समस्या आउनेछ। फजुल खर्च बढ्नेछ।

मकरः– बुधबार सम्म समय त्यति अनुकुल देखिन्न । पारिवारिक समस्या बढ्ने छन् । आम्दानीको तुलनामा खर्च बढि हुनेछ । काम गर्दा बढि अलमल हुनेछ । पढाई लेखाईमा अवरोध आउनेछ । कामको स्पष्ट रेखा कोर्न सकिने छैन। विहिबारबाट समयमा क्रमिक सुधार आउनेछ। कार्य गोपनियता अप्नाई लगनशिल भई गरेका काम सफल हुनेछन्। मुद्धा मामिलामा जीत हुनेछ। नोकरी तथा राजनीतिमा नयाँ भूमिका निर्वाहा गर्नु पर्ला। शनिबार उत्सवहरुमा सहभागि हुने अवसर प्राप्त हुनेछ। दामपत्य जीवनमा सुखानुभूति हुनेछ।

कुम्भः–सोमबार अपरान्ह सम्म समय अनुकुल जस्तै देखिन्छ। उद्योग पराक्रम बढ्नेछ। आफ्नै बाहुबलबाट धेरै कामको टुङ्गो लगाईनेछ। गरेका कामबाट उपलब्धि हात लाग्नेछ। मंगलबार र बुधबार घरयासी खर्च बढ्नेछ। काम गर्ने जोश जागर घट्नेछ। विहिबार र शुक्रबार काम गर्दा बढि अलमल हुनसक्छ। समयको महत्व बुझेर योजना बनाएर अगाडि बढ्नु होला। व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ। आफन्तबाट खासै सहयोग मिल्ने छैन। पढाई लेखाईमा ध्यान जाने छैन। कहि कतैबाट आस्था र विश्वासमा चोट पुग्न सक्छ। खर्चालु र कष्टपूर्ण यात्रा हुनसक्छ।

मिनः–मिश्रित फलदायी साता देखिन्छ। बुधबारसम्म समयले साथ दिनेछ। काम गर्दा मनग्य दाम कमाउन सकिनेछ। आफन्तको सहयोग मिल्नेछ। पुराना अधिकाँश काम फस्र्योट हुनेछन्। विहिबारबाट समय त्यति राम्रो देखिन्न। घर परिवारमा विवाद बढ्न सक्छ। काम गर्दा विभिन्न खालका दुख,कष्ट झेल्नु पर्नेछ। काम गरेर फाइदा लिन सकिने छैन। खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ। व्यापारमा गिरावट आउनेछ। पढाई लेखाईमा पनि सोचे जस्तो हुने छैन। काममा हेलचक्र्याई नगर्नु होला। नयाँ क्षेत्रमा लगानी नबढाउनु होला।

More News last news
Loading...