काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावाद नजिकै रहेको हाफिजाब जिल्लाको पिँडी भट्टिया गाउँका एक व्यक्तिले श्रीमतीलाई डिभोर्स दिए लगतै कैचीले जिब्रो काटिदिएका छन् ।
डिभोर्स गरेपछि श्रीमती आक्रोसमा आएका ती व्यक्तिले पूर्व पत्नीको जीब्रो काटिदिएका हुन् । रिस नियन्त्रण गर्न नसकेपछि श्रीमतीले पत्नी नसरीनको जीब्रो काटिदिएका हुन्।
जहाँगिरमाथि नसरीनले हत्या गर्न कोसिस गरेको आरोपमा मुद्दा दर्ता गराएकी थिइन्। डिभोर्सपछि पनि यी दुई विवादमै रहेका थिए।
विवादकै क्रममा भूपू ससुराली पुगेर एक्कासी माइतीमा रहेकी पत्नीमाथि खनिएका जहाँगिरले योजना बनाएर कैँची लिएर ससुराली पुगेका थिए।
आक्रोसमा रहेका उनले आफुसँग रहेको कैँची निकालेर पूर्व पत्नीको जीब्रो काटिदिएका हुन्। जीब्रो काटिएपछि घाइते भएकी नसरीनलाई उपचारको लागि अस्पताल पुर्याइएको छ। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
