तनहुँको नारिघाटमा बस र ट्रक जुधे, ट्रक चालक सहित १६ जना घाइते, ४ गम्भीर !

तनहुँ । तनहुँको नारिघाटमा बस र ट्रक ठोक्किदा ट्रक चालक सहित बसमा सवार १६ जना घाइते भएका छन । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं २ नारिघाटमा बस र ट्रक ठोक्किदा उक्त दुर्घटना भएको हो।

आबुखैरेनीबाट डुम्रे तर्फ आउदै गरेको ना ५ ख ८१७६ नम्बरको बस र डुम्रेबाट आबुखैरेनी जादै गरेको ना ६ ख ६१६३ नम्बरको ट्रक एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो।

Advertisement

उक्त दुर्घटनामा परि ट्रक चालक सहित बसमा सवार १६ जना घाइते भएको जिल्ला प्रहरि कार्यालय तनहुँले जनाएको छ । घाइते मध्य ४ जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेलाई चितवनको भरतपुर स्थित जीएमसी लगिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरुको आबुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा उपचार भईरहेको छ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा गोरखा नगरपालिका-१३ की रोजिना नेपाली, सोहि स्थानका वर्ष १७ का मनोज नेपालि, भानु नगरपालिका-१ की वर्ष २५ की अप्सरा खवास र उनका ४ वर्षीय छोरा आयुष खवास रहेको प्रहरीले जनाएको छ ।

बस, ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

More News last news
Loading...