जापानमा एक नेपालीको निधन

टोकियो । रोजगारीको लागि जापान आएका एक नेपालीको निधन भएको छ।

विगत १५ वर्षदेखि जापानको ओसाकामा बस्दै आएका गुल्मीका राम प्रसाद खरेलको आइतबार राती ब्रेन ट्युमर रोगको कारण मृत्यु भएको हो।

Advertisement

मृतक खरेलले लामो समयदेखि ब्रेनट्युमर रोगको उपचार गराइरहेका थिए। उनका श्रीमती, ३ छोरी र १ छोरा रहेका छन् । उनी १ छोरा १ छोरी र श्रीमतीको साथमा जापानको ओसाकामा बस्दै आएका थिए।

More News last news
Loading...