काठमाडौं । काठेखोला गाउँपालिका– ८ लेखानीदेखि वडा नं ५ कर्लिम जाने अवरुद्ध सडक खुलाउन गएका तीन सैनिक जवान घाइते भएका छन् ।
तीन दिनदेखि अवरुद्ध रहेको सडक स्थानीय वडाध्यक्षहरुको आग्रहमा सेनाको अर्जुनबाँण गणका जवान सडक खुलाउन गएकोमा आज थप पहिरो खसेर घाइते भएको गणपति भुवनराज देवकोटाले बताउनुभयो।
गणपति देवकोटाका अनुसार घाइते पहलमान श्रेष्ठ र सन्तोष कार्कीको थप उपचारका लागि सेनाको हेलिकप्टरबाट छाउनीस्थित सैनिक अस्पताल पठाइएको छ । घाइते एक जनाको नाम खुलेको छैन।
देवकोटाका अनुसार एक जवानको टाउकोमा र दुईजनाको हात तथा छातीमा चोट लागेको छ । उनीहरुको प्राथमिक उपचार गणमै भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
