तनहुँको शुक्लागण्डकीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ मा आज दिउँसो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–५ सिलामघारी बस्ने ७० वर्षीया सावित्री खत्री रहेकी छन्।

Advertisement

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ८४११ नं को बसको ठक्करबाट घाइते खत्रीको उपचारको क्रममा पोखरास्थित गण्डकी क्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

बसको ठक्करबाट खत्रीको शरीरको विभिन्न भागमा गहिरो चोट लागेको थियो । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

More News last news
Loading...