काठमाडौं । सिरहामा विज्ञान विषयको इमो प्रश्नपत्र बाहिरिएपछि २ नम्बर प्रदेशमा विज्ञान विषयको परीक्षा रद्द भएको छ ।
सिरहाको कलियानपु, जम्दह र डणडा सेन्टरमा विज्ञान विषयको इमो प्रश्नपत्र बाहिरिएपछि २ नम्बर प्रदेशका सम्पूर्ण जिल्लामा उक्त विषयको परीक्षा रद्द भएको हो । उक्त विषयको परीक्षा चैत २२ गते हुने जनाइएको छ । परीक्षामा अर्यादित गतिविधि गरेको आरोपमा १० जना परीक्षार्थीहरुलाई अनुगमन समितिले परीक्षा केन्द्रबाट निश्कासन गरेको छ ।
निश्कासनमा परेका सबै परीक्षार्थीको आजको विज्ञान विषयको परीक्षा रद्ध गरिएको जिल्ला शिक्षा समन्वय इकाई सिरहाले जनाएको छ । परीक्षा अनुगमन समितिले लहान नपा को ब्रम्हान गोर्छारी परीक्षा केन्द्रबाट ५ जना र पशुपति आदर्श मावि परीक्षा केन्द्र लहानबाट ५ जना परीक्षार्थी निस्काशन गरिएको हो ।
परीक्षा हलभित्रै मोबाईल लगेर भाइवर र इमोमार्फत प्रश्नपत्र बाहिर पठाउने गरेको पाइएको छ । धेरैजसो परीक्षा केन्द्रका परीक्षार्थीबाट मोवाइल समेत बरामद गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
