तनहुँ, गण्डकी प्रदेश । आँबुखैरेनी गोरखा सडकखण्डमा बस र ट्रक एक आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।
आँबुखैरेनीबाट पालुङ्टार ९ सेरा पौवाटारतर्फ जाँदै गरेको ना ७ ख २०७० नंबरको बस र गोरखाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ना ५ ख ५८११ नंबरको ट्रक मंगलबार साँझ सवा पाँचबजेतिर एक आपसमा ठोक्किएर दुर्घटना भएको डिएसपी महेन्द्र नेपालले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेहरुको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको उनले बताए। घाइतेमध्य सुमित्रा नहरकोटी र भोजराज बराल गम्भीर घाइते भएका प्रहरीको भनाइ छ।
उनीहरुलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजतर्फ लगिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ। घाइतेहरुको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। ट्रक र बसका चालक प्रहरीको नियन्त्रणमा दरौँदी दैनिकले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
