त्रिशुली नदीमा बस खस्यो

चितवन । चितवनको इच्छकामना गाउँपालिका–४ स्थित घोप्टेभिरबाट गएराति (सोमबार) राती करिव १० बजेको समयमा मिनी बस त्रिशुली नदीमा खस्दा तीन जना घाईते भएका छन् ।

मुग्लिनबाट कुरिनटार तर्फ जाँदै गरेको ना ५ ख ३६६२ नम्बरको बस त्रिशुली नदीमा खस्दा बसका चालक, सह–चालक र सवार अर्का एक चालक घाईते भएको चितवन प्रहरीेले जनाएको छ।

Advertisement

घाईत मध्ये बसका सह–चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनाको पहिचान खुल्न बाँकी छ।

More News last news
Loading...