भोटेकोशीको हाइड्रो पावरमा ग्यास विस्फोट, २ जनाको मृत्यु

सिन्धुपाल्चोक । केही समय अगाडी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री हाइड्रो पावरको भान्सामा एलपी ग्यासको सिलिण्डर विस्फोट भएको छ । बिस्फोटमा २ जनाको मृत्यु भएको छ । हाइड्रो पावरमा कार्यरत मजदुरले खाजा पाकाउँदा सोमबार अपराह्न ४:४५ बजे सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्द मरासिनीले जानकारी दिए ।

मरासिनीका अनुसार सिलिण्डर विस्फोट पछि २ जना मजदुर बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी छ । भारी वर्षाका कारण हराएकाहरुको खोजीमा कठिनाइ भइरहेको एसपी मरासिनीले खबरहबलाई जानकारी दिए । मृत्यु भएकाको नाम भने खुल्न बाँकी छ ।

Advertisement

खाना पकाउने सिलिण्डर प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्

दैनिक खाना पकाउने ग्यासको प्रयोग भइरहेको हुन्छ । ग्याँस सिलिन्डर राम्रो चेक जाँच नगर्नले कहिलेकाँही ग्यास चुहिने, सिलिन्डर पड्किने खतरा रहन्छ । एलपिजी ग्यास कसरी प्रयोग गर्ने भन्नेबारे यि कुरामा ध्यान दिनुस् :

ग्यास सिलीन्डर प्रयोग गर्दा सधै नेपाल सरकारबाट मान्यता प्राप्त कम्पनिबाट अनुमोदित ग्यास प्रयोग गर्नुहोस् । रेग्युलेटर किन्दा जहाँ पायो त्यहिबाट नलिनुस् । सहि चेक जाँच गरेर मात्र रेग्युलेटरको प्रयोग गर्नुस् ।

नयाँ सिलीन्डर प्रयोग गर्दा सिल जाच गर्नुस् । यदि तपाई ग्यांस प्रयोग कसरी गर्ने अनविज्ञ हुनुहुन्छ भने ज्ञान प्राप्त व्यक्तिको सहयोग लिनुस् ।
डेलिभेरि ट्युव र रेगुलेटर समयसमयमा मर्मत गर्नुस् । यो काम आफै नभई डिस्टिव्युटर मेकानिकलाई जिम्मा दिनुस् । अरु समय अथवा ग्यास प्रयोग गरिसकेपछि रेग्युलेटर बन्द गर्न नविर्सिनुस् । सिलीन्डर राख्दा भुइभन्दा माथि हल्का अग्लो ठाउँमा ठाडो पारेर हावा छिर्ने ठाउँमा राख्नुपर्दछ ।

सिलिन्डर ग्यांस स्टोभ नजिकै राखिनु हुदैन । यस्तोमा ग्यांस लिक भए आगोलाग्ने सम्भावना बढि हुन्छ । सिलिन्डर तातो वस्तुबाट टाढा राख्नुस् । यसरी सिलीन्डर पड्कने डर कम हुन्छ ।

यदि ग्यास चुहिरहेको छ भने तुरुन्त झ्याल ढोका खोल्नुस् । अगरबत्ती, मैनबत्ति, ग्यासको रेगुलेटर समेत बन्द गर्नुस् । साथै कोठामा ग्यांस लिक भए बत्तीको स्वीच नचलाउनुस्, स्वीच अन(अफ हुँदा उत्पन्न हुने झिल्काले ग्यांस सल्कन सक्छ।

एलपिजी ग्यास हावा भन्दा पनि बढि गह्रौ हुने भएकोले लिक भएमा यो जमिनको नजिक थेग्रिएको हुन्छ । त्यसैले चारैतिरबाट हावा पास हुन दिनुस्।

ग्यास चुहिएको जांच गर्न कहिल्यै पनि सलाइको प्रयोग नगर्नुस् । सुरक्षित जाचको लागी हातको औला सिलीन्डरको मुखमा लगाउनुस् । यसले ग्यास लिक भए नभएको थाहा पाउन सकिन्छ।

More News last news
Loading...