अजय सुमार्गीको २५ रोपनि जग्गा नेकपाको कब्जामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पोखरा महानगरपालिका शिशुवामा अजयराज सुमार्गीको नाममा रहेको कुल २५ रोपनि जग्गा कब्जा गरेको छ।

सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लिले सोवाचन्द्र सिग्देल, रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल पोखरा महानगरपालिकामा पर्ने किता नं.२९०६, ५७०३, २९१०, ५६९८, ५७००, ७६११, २१६५, २१६९, ५६०२, ५७१४, ५७१६, २१६७, २१७१, २१७५, २६३ ५, २८९६, २८९९ रहेको कुल २५ रोपनी क्षेत्रफल भएको जग्गा नेकपाले कब्जा गरेको हो।

Advertisement

उक्त जग्गा पोखरा महानगरपालिका वडा नं. १२ निवासी बद्रीप्रसाद आचार्य सँगको मिलिमतोमा २०७१ असोज २६ मा सिग्देल परिवारलाई नै थाहा नदिई सुमार्गीले आफ्नो नाममा गरेको नेकपा कास्कीले बताएको छ।

सुमार्गीले परिवारको सम्पर्कमा नआई मुक्तिश्री प्रा.लि ले विनाखवर २०७५ को धानबालीमा डोजर चलाई तारवार लगाउदा जग्गा विवादित बनेको हो । पिडित परिवारले न्यायको लागि जनपरिषद् कास्कीमा गरेको निवेदन र आबश्यक छानविनका आधारमा पिडित पक्षलाई न्याय दिनका लागि नेकपा कास्कीले कब्जा गरेको जनाएको छ।

विवादित जग्गा किनबेच, भोगचलन,तथा बैङ्किङ कारोवार नगर्न नगराउन तथा सबै प्रकारका दलालहरुबाट सचेत रहनका लागि साथै नापी, मालपोत जनसाधारण,ब्यवसायी, लखापढी ब्यवसायी सबैलाई सो जग्गामा कुनैपनि प्रयोजनमा सहभागि नहु्न नेकपा कास्कीले आम जनसमुदायमा अनुरोध समेत गरेको छ।

More News last news
Loading...