१६ वर्षीय किशोरी बलात्कारको आरोपमा पोखरा नगर विकासका अध्यक्ष पक्राउ

पोखरा । पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष तथा पर्यटन व्यवसायी सुन्दरकुमार श्रेष्ठ बालिका बलात्कार आरोपमा शुक्रबार पक्राउ परेका छन्।

आफ्नै होटल कान्तिपुरमा छिमेकीकहाँ बस्दै आएकी १६ वर्षीया बालिकालाई गएको भदौदेखि बलात्कार गर्दै आएको आरोप उनीमाथि लागेको छ।

Advertisement

श्रेष्ठसहित बैंकर सुवास सुवेदीलाई पनि तिनै बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा कास्की प्रहरीले पक्रेको छ। शुक्रबार पक्राउ परेका श्रेष्ठ र सुवेदी दुबैलाई कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।

बालिकासँग प्रारम्भिक बयान लिएपछि श्रेष्ठ र सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका अधिकारीले पुष्टि गरेका छन्।

आफू बस्दै आएका घरबाट बिहीबार बालिका हराएपछि संरक्षकले खोजीका लागि प्रहरीमा निवेदन गरेका थिए। शुक्रबार बिहान फेवाताल किनारतिर भेटिएकी बालिकाले आफूलाई मर्न मन लागेको बताएकी थिइन्।

मर्न मन लाग्नुको कारण खोतल्दै जाँदा बलात्कारको पीडा भन्ने खुलेको थियो। श्रेष्ठ पोखरा पर्यटन परिषद् र क्षेत्रीय होटल संघ पोखराका पूर्वअध्यक्ष हुन्। श्रेष्ठ २०७४ जेठमा पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष नियुक्त भएका थिए।

More News last news
Loading...