तनहुँको ऋषिङमा बस पल्टियो, १ जनाको मृत्यु, ३ घाइते

तनहुँ । ऋषिङ गाऊँपालिकामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बिहिबार भिमाद ऋषिङ कच्ची सडकखण्ड अन्तर्गत ऋषिङ गाँउपालिका ६ स्थित मैनास्वाँरामा ग १ ख ७५३४ नं को बस दुर्घटना भएको हो।

Advertisement

दुर्घटनामा परी ज्यान गुमाउनेमा सोही गाँउपालिका बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगर रहेको प्रहरीले जानकारी दिएको छ। मगरलाई उपचारको लागि पोखरा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य तिन जना घाइते भएका छन्। दुर्घटनामा परी घाइते हुनेमा स्थानीय ५५ वर्षीय पदमबहादुर आले, ४२ वर्षीय होमबहादुर राना र १५ वर्षीया लिला थापा रहेका छन।

उनीहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको तनहुँ प्रहरीले बताएको छ। स्ट्रेरिङ फेल भएर दुर्घटना भएको चालकले प्रहरी समक्ष बयान दिएका छन्।

More News last news
Loading...