तनहुँमा डरलाग्दो दुर्घटना, ब्रेक फेल भएको ट्रकले दियो अर्को ट्रक र हाइलक्सलाई ठक्कर

पोखरा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा बिहान १० बजे ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

गुडिरहेको ट्रकको एक्कासी ब्रेक फेल हुँदा डरलाग्दो दुर्घटना भएको हो। रोकिराखेको ट्रक उत्तानो परेको छ भने ठक्कर दिने ट्रकको अगाडि भाग क्षतिग्रस्त छ।

Advertisement

डुम्रे तर्फबाट दमौलीतर्फ आइरहेको ना ८ ख ३५२७ नम्बरको ट्रकले बिग्रेर सडकमै रोकिराखिएको ना १ क ६१४२ नम्बरको ट्रकलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।

मृतकको पहिचान खुलेको छैन। घाइतेहरुलाई उपचारका लागि दमौलीतर्फ लगिएको छ। अहिले सो सडकखण्ड बन्द रहेको अनेरास्ववियू विद्यार्थी नेता बिनोद भण्डारीले जानकारी दिए। ट्रकले रोकिराखेको ट्रकलाई ठक्कर दिएपछि पनि बा १८ च ७७८४ नम्बरको हाइलक्सलाई ठक्कर दिएको छ।

तनहुँ ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीले प्रहरी घटनास्थल पुगेको जनाए। उनले अहिले मृतक र घाईतेहरुको सनाखत भईनसकेको बताउँदै प्रारम्भिक अनुसन्धानमा ट्रकको ब्रेक फेल भएको देखिएको बताए।

More News last news
Loading...