कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन दर्ता

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ५० हजार बढीले आवेदन दिएका छन्।

बिहीबार राति १२ बजेदेखि आवेदन खुला गरिएको थियो। शुक्रबार अपराह्न ५ बजेसम्म ५० हजार युवाले आवेदन फारम भरिसकेको इपिएस कोरिया शाखाले जनाएको छ।

Advertisement

यस पटकदेखि अनलाइनबाटै दरखास्त शुल्क तिर्ने व्यवस्था मिलाइएपछि आवेदकले विगतमा झै सास्ती व्यहोर्नु परेन।

विगतका वर्षमा अनलाइन भुक्तानी प्रणाली लागू नगर्दा आवेदकले अघिल्लो दिनदेखि नै बैंक काउन्टर अगाडि लाइन लाग्नुपर्ने अवस्था देखिएको थियो।

विद्युतीय भुक्तानी सेवा प्रदायक संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायतबाट दरखास्त शुल्क बुझाउने व्यवस्था मिलाइएपछि यसपटक विगतमा जस्तो आवेदकको भीडभाड कतै पनि देखिएन।

अनलाइनबाट परीक्षा दस्तुर भुक्तानी गर्न सकिनेबारे जानकारी नपाएका केही युवा बिहानै बैंकको काउन्टर अगाडि लाइन लागे पनि मध्याह्नपछि कुनै पनि बैंकको काउन्टरमा लाइन देखिएको थिएन। आवेदन फारम यही चैत १७ गते राति १२ बजेसम्म भर्न सकिनेछ।

More News last news
Loading...